रुखको हाँगाले लाग्दा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

रुखको हाँगाले लाग्दा एकको मृत्यु

woman dead

दाङ, ३० असार । दाङमा रुखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ लहलौरा निबासी मोटरसाईकल चालक २३ बर्षका तुलसी चौंधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो |

लहलौराबाट तलसीपुर तर्फ जाँदै गरेको रा २ प ८८० नम्बरको मोटरसाइकल चालक चौधरीको टाउकोमा आज बिहान पौने ८ बजे एक्कासी रुखको हाँगा भाँच्चिएर लागेको थियो । सडकमा गुडिरहेको मोटरसाइकल माथि रुखको हाँगा भाच्चिएर लाग्दा घाइते भएका चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);