दाङमा जरायोको सिंगसहित एक महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दाङमा जरायोको सिंगसहित एक महिला पक्राउ

दाङ, २ चैत । दाङमा प्रहरीले जरायोको सिंग सहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ४ पृथ्वी नगर निवासी २८ बर्षीया सीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही ठाउँमा प्रतिबन्धित जरायोको ओखेटोपहार अबैध रुपमा राखी रहेको भन्ने गोप्य सुचनाको आधारमा जिप्रका बाट गएको प्रहरी टोलीले चौधरीलाई आइतबार बिहान ८ बजे तिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरीको साथबाट ५ वटा जरायो जस्तो देखिने ओखेटोपहार बरामद गरेको हो । २ फिट ४ ईन्च लम्बाई ३ हाँगा भएको सिंग १ थान, २ फिट ६ इन्च लम्बाई ३ हाँगा भएको १ थान, ३२.५ सेन्टिमिटर लम्बाई ३ हाँगा भएको १ थान, ३४ सेन्टिमिटर लम्बाई भएको २ सिंगमा ४ हाँगा भएको १ थान , ४.५ ईन्च लम्बाई २ वटा सिंग एकैमा हाँगा नभएको १ थान गरी जम्मा ५ वटा ओखेटोपहारहरु बरामद गरिएको हो ।

साथै, चौधरीलाई थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय दाङमा पठाइएको प्रहरी निरिक्षक बुढाथापाले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);