हात्तीको दाह्रा सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हात्तीको दाह्रा सहित ३ जना पक्राउ

बारा । बारामा हात्तीको दाह्रा सहित ३ जना पक्राउ परेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगन्ज बजारबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा सहित निजगढ नगरपालिका-११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत ३ जनालाई पक्राउ गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);