अवैध लागूऔषध सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अवैध लागूऔषध सहित पक्राउ

कैलाली कैलालीमा अवैध लागूऔषध सहित एक जना पक्राउ परेकाे छ ।

कैलाली गौरीगंगा नगरपालिका ८ गिदनियाबाट करिब ६ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित गौरीगंगा नगरपालिका ११ शिवपुर बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हाे ।

सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालय अनुसन्धान ब्यूरो धनगढीबाट खटिएको प्रहरीले पैदलयात्री धामीलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलाबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध गोदावरी नगरपालिका ६ बस्ने ३५ वर्षीय धन बहादुर धामीको भन्ने खुल्न आएपश्चात उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । साथै धनबहादुरको साथबाट नगद १ लाख २० हजार रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);