लागूऔषधसहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

 लागूऔषधसहित ५ जना पक्राउ

चितवन,२३ पुस । माडी नगरपालिका–२ घर भई भरतपुर महानगरपालिका(३ बेलचोकस्थित इनवेरियल कुखुरा मासु पसल संचालन गरी बस्ने ३४ वर्षीया दुर्गा अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब १३ किलोसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अधिकारीले आफ्नै पसलमा गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
 कञ्चनपुर, भिमदत्त नगरपालिका–३ तिलकपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो १ सय ४ ग्रामसहित बझाङ केदास्युँ गाउँपालिका(६ बस्ने ६३ वर्षीय नर बहादुर धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–१३ शिवटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय २० मिलिग्रामसहित सोही नगरपालिका(१३ बस्ने शंकर राना समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही गाउँपालिका(५ हलन चोक बस्ने १९ वर्षीय बिशाल विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);