दाङमा जरायोको २ वटा सिङ्ग सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङमा जरायोको २ वटा सिङ्ग सहित ३ जना पक्राउ

दाङ । दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु जरायोको सिङ्ग सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दाङको बबई गाउँपालिका १ गँगटे बस्ने २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरे बस्ने ३९ वर्षीय इन्द्र बहादुर केसी र सल्यान शारदा नगरपालिका ४ साईलाकम्दा बस्ने २२ वर्षीय बिनोद वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आइतबार बिहान करिब १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ८ गहते खोलाबाट उनीहरूलाई जरायोको सिङ्ग सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

गहतेखोला नजिक जरायोको सिङ बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २ वटा सिङ्ग एकैमा २ वटा हाँगा भएको थान २ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);