चितुवाको छालासहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चितुवाको छालासहित ४ जना पक्राउ

रूपन्देही, ५ मंसिर । चितुवाको छालासहित बुटवलबाट ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउपालिका वडा नं ४ बस्ने बर्ष २२ को बिमल मगर, रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं ७ बस्ने बर्ष ३० को बिश्व भट्टराई,गुल्ली दरबार गाउपालिका वडा नं ४ बस्ने बर्ष २४ को संजिव पेमी र गुल्मी दरबार गाउपालिका वडा नं ४ बस्ने बर्ष १८ को बिशाल राना मगर रहेका छन् ।

उनीहरूको साथबाट दुर्लभ संरक्षित वन्य जन्तु चितुवाको छाला ६ फिट लम्बाई १ फिट ३ ईन्च चौडाई भएको १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले बताए ।

बुटवल–९ स्थित इट्टाभट्टीमा रहेको विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);