चितुवाको छालासहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चितुवाको छालासहित दुई जना पक्राउ

chhala sahit pakrau

कैलाली, १४ साउन । कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले चितुवाको दुई थान छालासहित डोटी बढिकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का रामबहादुर विष्टलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट चितुवाको दुई थान छाला बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर उनीहरुलाई चितुवाको छालासहित सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वन कार्यालयको जिम्मा लगाउने तयारी रहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी विक्रि वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । बरामद भएको चितुवाको अखेटापहरा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);