डडेल्धुरामा चितुवाको छालासहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डडेल्धुरामा चितुवाको छालासहित एक जना पक्राउ

बिमल जैरु, १४ बैशाख डडेल्धुरा
डडेल्धुरामा चितुवाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका ६ दुमडा बस्दै आएका ६० बर्षिय करबीर दत्त भट्टराई रहेका छन् । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले बुधबार राति पक्राउ गरेको भएपनि बिहीबार मात्रै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

डडेल्धुरामा चितुवाको छालासहित एक जना पक्राउ

बिमल जैरु, १४ बैशाख डडेल्धुरा डडेल्धुरामा चितुवाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका ६ दुमडा बस्दै आएका ६० बर्षिय करबीर दत्त भट्टराई रहेका छन् । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले बुधबार राति पक्राउ गरेको भएपनि बिहीबार मात्रै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

 

सेतो प्लाष्टिको बोरामा लुकाई छिपाई बिक्री गर्न अन्य स्थानमा लगिरहेको गोप्य सुचनाका आधारमा अमरगढी नगरपालिका ७ पोखरा बजार नजिकको पोखरी भने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन जानकारी गराएका थियो । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षक केशब जोशीको कमाण्डमा खटिएको टोलीले पक्राउ परेका भट्टराइर्का साथबाट करिब ८ फिट लम्वाई र २ फिट चौडाई भएको चितुवाको छाला बरामद गरेको हो ।

 

चितुवाको छाला सहित पक्राउ परेका भट्टराईलाई बिहीबार आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले चितुवाको छालासहित जिल्ला वन कार्यालय डडेल्धुरालाई बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);