पाल्पामा ३९ किलो चरेश सहित २ महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाल्पामा ३९ किलो चरेश सहित २ महिला पक्राउ

प्रकाश नेपाल
१४ बैशाख पाल्पा ।
पाल्पा प्रहरीले पहिलो पटक जिल्लामा ठुलो मात्रामा चरेश बरामद गरेको छ । प्रहरीको लामो अनुसन्धानपछी जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको हो । बाग्लुङको बुर्तिबाङ बाट बुटवल तर्फ जादै गरेको लु १ ख ५७३१ नम्वरको बसमा पाल्पा प्रहरीले तानसेन नगरपालीका वडा नं. ४ जिल्ला अस्पतालको चोकमा चेकजाँचको

पाल्पामा ३९ किलो चरेश सहित २ महिला पक्राउ

 

 

प्रकाश नेपाल १४ बैशाख पाल्पा । पाल्पा प्रहरीले पहिलो पटक जिल्लामा ठुलो मात्रामा चरेश बरामद गरेको छ । प्रहरीको लामो अनुसन्धानपछी जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको हो । बाग्लुङको बुर्तिबाङ बाट बुटवल तर्फ जादै गरेको लु १ ख ५७३१ नम्वरको बसमा पाल्पा प्रहरीले तानसेन नगरपालीका वडा नं. ४ जिल्ला अस्पतालको चोकमा चेकजाँचको क्रममा ३९ किलो चरेस बरामद गरेको हो । पाल्पा प्रहरीले चरेस वोकी ल्याउने वाके कोहलपुर नगरपालिका वडा नं. १३ की ३९ बर्षिय मन कुमारी चलाउने र साविकको उवा गाविस वडा नं. ६ रोल्पाकी ३४ बर्षिय राजीपुरा रोका मगर लाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी उपरिक्षक हरिराज वाग्लेले बताउनु भयो ।

 

प्रहरीको विशेष सुराकीको आधारमा वसमा चेकजाच गर्दा राजीपुरा रोकाको २ वटा झोला बाट २३ किलो र मन कुमारीको झोला बाट १६ किलो चरेश बरामद गरिएको प्रहरी उपरिक्षक वाग्लेले बताए । विगत ७ दिनदेखी पाल्पा प्रहरीले अनुसन्धान गर्दै आएकोले मात्र हाल यती ठुलो मात्रामा ३९ किलो लागु औषध चरेस बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । महिलाले स सानो प्लास्टिकको थैलामा बेरेर २५० ग्राम देखी ५०० ग्राम सम्मको प्याक बनाएर गरी झोलामा सिलाएर राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । चरेश वोकेको झोलाको माथिल्लो भागमा साग, सुकाएको च्याउ, कोदोले ढाकिएको थियो ।

 

प्रहरीले महिलालाई नियन्त्रणमा लिएसंग यससंग जोडिएको लागुऔषधका गिरोहलाई समेत खोज्न अन्य जिल्लामा प्रहरी परिचालन गरेको छ । प्रहरी पुग्न नसक्ने बाग्लुङ रोल्पाका ग्रामिण बस्तीहरुमा गाँजा खेती र चरेस बनाउने व्यावसाय संचालन रहेको र विभिन्न बाटो हुदै निकासी हुने अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ३ महिना अगाडी देखी लागु औषध दुव्र्यसनी सञ्जाल गठन गरी सादा पोशाकमा अनुसान्धान तथा खोजको कार्यक्रम शुरु गरेको परिणाम बाट नै यति ठुलो परिणाममा चरेश बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);