बर्दियामा चरेस सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बर्दियामा चरेस सहित ३ जना पक्राउ

दीपकलाल श्रेष्ठ,
बर्दिया । बर्दियाको भोलागौडिमा चरेस सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरीको टोलीले करिब ६ सय ९४ ग्राम लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

बढैयाताल गाँउपालिका बडा नं ३ को भोलागौडिमा रहेको मानझुण्डी सामुदायिक वन नजिक शंकास्पद अवस्थामा कुरा गरिरहेको देखे पछि सोध पुछ गर्ने क्रममा र खान तलासी गर्दा सो व्याक्तीहरुको साधमा रहेको औषधसहित बरामद गरेको हो ।

कालो रंगको झोलामा लुकाई छिपाई राखेका करिब ६ सय ९४ ग्राम लागु औषध चरेश उनीहरुका साधबाट फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाँउपालिका बडा नं ६ बस्ने २६ बर्षिय कमल विश्वकर्मा र ३२ बर्षिय कालि बहादुर चदारा साथै बढैयाताल गाँउपालिका बडा नं ८ शितलाबजार बस्ने ४८ बर्षिय बल बहादुर कामी रहेको समेत उपरीक्षक कार्कीले जानकारी दिए ।

पक्राउ परेका तिनै जना माथि थप आवश्यक अनुसन्धान भइरहेको समेत उपरीक्षक कार्कीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);