विवेकशील साझा पार्टीद्धारा दाङमा ‘सफा भान्सा तातो भात’ अभियान शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विवेकशील साझा पार्टीद्धारा दाङमा ‘सफा भान्सा तातो भात’ अभियान शुरु

दाङ। दाङमा विवेकशील साझा पार्टीले ‘सफा भान्सा तातो भात’ अभियान शुरु गरेको छ । पार्टीको लुम्बिनी प्रदेश, तुलसीपुर दाङको आयोजना तथा विवेकशील साझा युवा संगठनको विशेष सहयोगमा तुलसीपुर ८, अश्वारामा रहेको तुलसीपुर मेट्रो अस्पतालमा रहेका कोभिड–१९ बाट प्रभावित भएका बिरामी तथा बिरामी कुरुवाहरूलाई ‘सफा भान्सा, तातो भात’ खुवाउने अभियान शुरु गरेको अभियान प्रमुख केपी न्यौपानेले जानकारी दिए ।

उनका अनुसार बिहीबारदेखि शुरु भएको अभियानमा बिहानको एक छाक कम्तिमा २० जनालाई खाना निशुल्क खुवाउने कार्य भइरहेको छ । बिमारीको अवस्था हेरी खाना तथा जाउलो, दाल, तरकारी, सलाद, अचार, अण्डा सहितको खाना खुवाइने गरेको संयोजक न्यौपानेले बताए । तुलसीपुरको जबरपुरमा रहेको भुयरथानको सामुदायिक भवनमा बनाउने गरेको समेत उनले बताए । उनले भने,‘ यो कोरोना महामारीमा सबैले साथ सहयोग गर्नुपर्ने अवस्था रहेकाले आफ्नो पार्टीले पनि सामाजिक दायित्व बहन गर्दै यो अभियान शुरु गरेको हो ।

अहिले अभियानका लागि विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरूले आर्थिक, सामाजिक तथा अन्य सहयोगहरू गरिरहेका छन् ।’ पहिलो चरणमा तुलसीपुर मेट्रो अस्पतालमा आफूहरूले खाना खुवाउन शुरु गरेको पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख मधुसुदन केसीले बताए । उनले भने,‘ तुलसीपुर बजार देखी केही किलो मिटर टाढा उक्त अस्पताल रहेको र उक्त क्षेत्रमा नजिकमा खाना बस्नको बन्दोबस्त हुन नसकेको कारण यस दुखद सङ्कटको घडीमा यो अभियान सञ्चालन गरेका हौँ ।’

त्यस्तै उनले महामारी वा महाव्याधि रोगको संक्रमण भएको बेला सञ्चालनमा रहेका निश्चित पूर्वाधारहरू, मानवीय श्रोत तथा व्यवस्थापन अपुग नै हुने र सबैले आआफ्नो स्थानबाट सकेको क्षेत्रमा सहयोगी भूमिका हुनुपर्ने समेत बताए । उनले यो अभियान जिल्लाको अन्य अस्पतालहरुमा पनि संचालन गर्ने तयारी रहेको भन्दै विरामीहरुको चाप अनुसार अगाडी बढ्ने समेत बताए ।

साथै, लकडाउनको कारण यातायातको प्रयोग गर्न नपाइने, बर्षातको खेतीपातीको समयमा खाना बनाएर अस्पताल सम्म आउन गाह्रो भएको बेला र पैसा हालेर पनि खानाको ब्यवस्था गर्न नस्कने परिस्थितीमा यो अभियानले बिरामी र बिरामी कुरुवालाई ठुलो राहतको महसुस गरेको कुरा बिरामी कुरुवा पतीराम चौधरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);