विवेकशील साझा पार्टीले भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विवेकशील साझा पार्टीले भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने

काठमाडौं, १४ बैशाख । विवेकशील साझा पार्टीले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने भएको छ ।

बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमुक्त राज्य निर्माणका लागि सुसंस्कृत राजनीति र समतामुलक सम्मृद्धिप्रति प्रतिवद्ध रहेर देशभर ठुलामाछा समाउ अभियान संचालन गर्ने निर्णय गरेको हो । सनिबार बैठकको निर्णय सार्वजनिक गर्दे संयोजक रविन्द्र मिश्रले पार्टीले आउदा दिनमा आफ्ना गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा लगाउने बताए ।

मुलुकमा दुईतिहाईको सरकार बन्दै गर्दा आमजनताले अपेक्षा गरेको सुख सम्मृद्धि र विकासले अपेक्षाकृत फड्को मार्नुको सट्टा सरकार नै विभिन्न विवादास्पत काण्डै काण्डमा मुछिदै गएकोे उनले बताए ।

सरकारका विभिन्न निकायमा रहेका असक्षम नेतृत्वका कारण मुलुकमा सामाजिक रुपान्तरण र सम्मृद्धिको विषय झन पछि पर्दै गएको उनले टिप्पणी गरे । हालै सरकारले गरेको लगानी सम्मेलनमा उद्योग मन्त्रीको प्रस्तुतीबाट नै सक्षम नेतृत्व चयनमा सरकारको असक्षमता प्रष्ट देखिएको उनको तर्क थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);