सरकार सर्वसत्तावादतर्फ उन्मुख : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकार सर्वसत्तावादतर्फ उन्मुख : कमल थापा

kamal thapa

काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । अध्यक्ष थापाले सरकारले संविधानको आडमा मुलुकमा सर्वसत्तावाद ल्याउन लागि परेको दावी गरे ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा सरकारले विरोधिलाई समाप्त पार्ने षडयन्त्र गरिरहेको भन्दै सचेत रहन आग्रह गरे ।

अध्यक्ष थापाले क्यूवा लगायत मुलुकमा कम्युनिष्टहरुले सत्ताकब्जा गरेको घटना स्मरण गराउँदै नेपालमा पनि बलियो कम्युनिष्ट सरकारले विरोधिलाई समाप्त पारेर अघि बढ्न चाहेको बताए । उनले आफ्नो पार्टीले हिन्दु राष्ट्र स्थापनाका लागि अभियान नै संचालन गर्ने घोषणा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);