सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको कमल थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको कमल थापाको आरोप

kamal thapa

काठमाडौं, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाउनु भएको छ । अध्यक्ष थापाले सरकार सामु निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको पनि चर्को आलोचना गर्नु भयो ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको दावी पनि गर्नु भयो । सरकारले मिडिया, मानव अधिकार आयोग, न्यायालय सबैमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष काँग्रेसको सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम भईरहेको दावी पनि गर्नु भयो । उहाँले सरकारलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याएर समस्या समाधान गर्न पनि आग्रह गर्नु भयो ।

चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएर सरकारले मुलुकलाई दुष्चक्रमा फसाउन खोजेको अध्यक्ष थापाको निष्कर्ष छ । अध्यक्ष थापाले काँग्रेस र कम्युनिष्ट दुवै शक्ति मुलुकलाई अघि बढाउन असफल भएको दावी गर्दै आफ्नो पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गराउने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);