जनताले दिएको दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाउनु भएको छ । अध्यक्ष थापाले ओली नेतृत्वको वर्तमान सरकारलाई जनताले दिएको दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको भनि कडा टिप्पणी पनि गर्नु भयो ।

उहाँले राज्यको स्रोत र शक्ति कब्जा गरेर अघि बढ्ने अनकन्टक लक्ष्य लिएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार र दिशाहिन बन्न पुगेको प्रमुख प्रतिपक्ष काँग्रेसले पटकपटक बेइमानी गरेको उल्लेख गर्दै जनताले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा लिएको दावी गर्नु भयो ।

अध्यक्ष थापाले काँग्रेस–कम्युनिष्ट नेतृत्वको सरकारले पटक पटक धोका दिएपछि आम जनताले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा गरेको दावी पनि गर्नु भयो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मुलुकको भरपर्दो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने दृढता पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);