मिडिया विधेयक विरुद्ध संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मिडिया विधेयक विरुद्ध संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं, ६ असार । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले शुक्रबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई विधेयक फिर्ता लिन संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाएको हो । प्रधानमन्त्री ओलीले समय नदिएपछि हस्ताक्षर जिल्ला प्रशाशन मार्फत बुझाइएको हो ।

महासंघले सो विधेयक फिर्ता लिन दवाव दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरुको हस्ताक्षर अभियान संकलन गरेको थियो । सोही हस्ताक्षर शुक्रवार देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);