हिन्दुराज्य पुन:स्थापनाका लागि राप्रपाद्वारा देशैभर हस्ताक्षर संकलन अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हिन्दुराज्य पुन:स्थापनाका लागि राप्रपाद्वारा देशैभर हस्ताक्षर संकलन अभियान

राप्रपाद्वारा देशैभर हस्ताक्षर संकलन

काठमाडौं, १७ चैत । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन आईतबारबाट देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरिएको राप्रपाले जनाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ । विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए । संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राप्रपाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);