धर्मनिरपेक्षताविरुद्ध राप्रपाको घरदैलो कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धर्मनिरपेक्षताविरुद्ध राप्रपाको घरदैलो कार्यक्रम

raprapa

काठमाडौं, ५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षताविरुद्ध घरदैलो कार्यक्रम सुरु गरेको छ । बुधबारबाट देशभर कार्यक्रम सुरु भएको धर्मनिरपेक्षताविरुद्धको जनसंघर्ष कार्यक्रमका संयोजक एवं पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । दुई दिने घरदैलोपछि ६ वैशाखमा देशभर धर्मनिरपेक्षताको ब्यानर र पोस्टर जलाउने कार्यक्रम रहेको उनले बताए ।

हिन्दू राष्ट्र पुनस्र्थापनालगायत २२ बुँदे माग राखेर गत ७ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई राप्रपाले जनसंघर्षका कार्यक्रम घोषणा गरेको थियो । पहिलो चरणको कार्यक्रमअन्तर्गत राप्रपाले हिन्दू राष्ट्र पुनस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकासकेन्द्रित कार्यालयमा भ्रष्टाचारको अन्त्यलगायतका माग राखेर एक घन्टा धर्ना कार्यक्रम गरिसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

६ वैशाखको कार्यक्रम हिन्दू राष्ट्र पुनस्र्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने ‘टर्निङ प्वाइन्ट’ हुने राप्रपाले बताएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले ६ वैशाखको कार्यक्रम विगतदेखि हालसम्म सञ्चालन भएको हिन्दू राष्ट्र पुनस्र्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने बताए । उनले संविधान जलाउने कार्यक्रम नभई धर्मनिरपेक्षताको ब्यानर र पोस्टर जलाउने कार्यक्रम भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);