आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न नेविसंघको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न नेविसंघको माग

काठमाडौं, २४ असार । आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई दवाव दिएको छ ।

नेविसंघले मंगलबार काठमाडौंको प्रमुख जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा सो निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ ।

नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जनतालाई तरकारी र फलफूलसँगै विष सेवन गराएर मार्ने सो निर्णय तत्काल खारेज नभए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिनु भयो । त्यस अवसरमा नेविसंघले सरकारले भारतको दवावमा सो निर्णय लिएको दावी गर्दै व्यंग्य स्वरुप प्रधानमन्त्री ओलीलाई विषयुक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत् उपहार पठाएको छ ।

नेविसंघले भारतबाट आयात हुने तरकारी र फलफूलको विष परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउँदै आएको छ । नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्यसका लागि बजेटको आवश्यक परे सरकारलाई देशभरबाट चन्दा संकलन गरी बुझाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सरकारले जनशक्ति र प्रविधिको अभावमा तत्कालका लागि तरकारी र फलफूलको विषाधि परीक्षण गर्न नसक्ने निर्णय लिएकोमा उहाँको आपत्ति छ ।

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषाधि परीक्षण नगर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै नेविसंघले देशभर सडक आन्दोलनलाई निरन्तरता दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);