प्रधानमन्त्री ओलीले लिए राष्ट्रिय परिचय पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले लिए राष्ट्रिय परिचय पत्र

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय परिचय पत्र लिनु भएको छ ।  प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र दिनु भएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचय पत्र दिइएको छ । त्यसैगरी विभागले भोली (बुधबार) राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको पनि जनाएको छ ।

विभागका महानिर्देशक काफ्लेले १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने पहिलो चरणको कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीलाई सो परिचय पत्र वितरण गरिएको र बुधबार राष्ट्रपतिलाई वितरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनु भयो । उहाँले आगामी दुई वर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

संवैधानिक व्यवस्था अनुसार व्यक्तिको पहिचानलाई सुनिश्चित गर्न र उनीहरुलाई सरकारी सेवामा लिने आधारको रुपमा राष्ट्रिय परिचय पत्र वितरणको कामलाई सरकारले अघि बढाएको हो । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागलाई सरकारले सो काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने कार्यादेश दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);