नागरीकतालाई विस्थापित गर्ने गरि राष्ट्रिय परिचय पत्र वितरण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नागरीकतालाई विस्थापित गर्ने गरि राष्ट्रिय परिचय पत्र वितरण सुरु

national id card

सीता शर्मा
काठमाडौं, ७ मंसिर
। सरकारले नागरीकतालाई विस्थापित गर्ने गरि राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । व्यक्तिको व्यक्तिगत र जैविक विवरण समावेश भएको राष्ट्रिय परिचय पत्रबाट सरकारलाई सम्पुर्ण नागरीकको लगत राख्न सजिलो हुने बताइएको छ । राष्ट्रिय परिचय पत्र प्रयोगमा आएपछी एउटै व्यक्तिले दोहोरो तेहेरो परिचयपत्र बोक्नुपर्ने झन्झट नहुने र नागरीकता वितरण प्रणालीले ल्याएका समस्या पनि अन्त्य हुने सरकारले जनाएको छ ।

नेपालको संविधानको धारा ५१ च को ७ मा एकिकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणाली विकास गर्ने व्यवस्था अनुरुप सरकारले नागरीकको सम्पुर्ण विवरण राखिएको राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो । स्मार्ट कार्ड जस्तो रहेको परिचयपत्र गत मंगलबार पाचँथर फिदिम नगरपालिकाकी १ सय २ वर्षिय वुद्धालाई वितरण गरी यसको सुरुवात गरीएको हो ।

पहिलो चरणमा १ लाख १७ हजारलाई वितरण गर्ने सरकारको योजना रहेको छ । राष्ट्रिय परिचयपत्र प्रयोगमा आएपछी सरकारलाई र व्यक्ति दुबैलाई सहज हुने बताइएको छ ।

अहिले रहेको नागरीकतामा व्यक्तिको सामान्य व्यक्तिगत विवरणमा मात्र रहेको र एकै व्यक्तिले पनि धेरै नागरीकता लिने समस्याहरु देखिएकाले परिचय पत्रले यस्ता समस्या समाधान गर्ने विज्ञहरुको बुझाई छ । व्यक्तिको सम्पुर्ण जानकारी रहेको परिचय पत्र अति नै संवेदशिल हुने भएकाले यसको सुरक्षाको लागि सरकारले बलियो नितीगत व्यवस्था गर्नु आवश्यक भएको विज्ञहरुले बताएका छन् ।

राष्ट्रिय परिचय पत्रमा व्यक्तिगत विवरणमा व्यक्तिको नाम, ठेगाना, बाबुको नाम, पेशा, जाती, धर्म शैक्षिक योग्यता, व्यक्तिका नाममा रहेका सम्पती लगायतका विवरण हुने गर्दछन् भने जैविक विवरण अन्र्तगत व्यक्तिको १० औलाको औठाछाप, फोटो र हस्ताक्षरहरु रहनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);