मुलुक समृद्धिको यात्रामा अघि बढेको प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मुलुक समृद्धिको यात्रामा अघि बढेको प्रचण्डको दाबी

prachanda-

काठमाडौं, ७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गरेका छन् । अध्यक्ष दाहालले शिख धर्मका अनुयायीहरुको संकल्प र प्रतिवद्धताले नेपालको समृद्धिको यात्रालाई अघि बढाउन ठूलो योगदान दिने विश्वास पनि व्यक्त गरे ।

शिख धर्मका संस्थापक गुरु नानकको ५ सय ४९ औं जन्मजयन्तिको अवसर पारेर शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले नेपालको सडक संजाल विस्तारमा शिख समुदायले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गरे । उनले भारतलाई स्वतन्त्र बनाउन शिख समुदायले उल्लेख्य योगदान दिने तथ्य पनि स्मरण गराए ।

शिख समुदायले आज आफ्ना गुरु नानकको जन्मजयन्तिको अवसर पारेर शुभकामना आदानप्रदान गरिरहेका छन । त्यस अवसरमा अध्यक्ष दाहालले पनि शिख समुदायको सुःख, शान्ति र समृद्धिको कामना पनि गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरी पनि सहभागी हुनु भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);