१० वर्ष मुलुककाे नेतृत्व गर्ने प्रचण्डकाे चाहना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१० वर्ष मुलुककाे नेतृत्व गर्ने प्रचण्डकाे चाहना

काठमाडाैं, २९ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व आफूलाई नै प्राप्त हुने बताएका छन् ।

अध्यक्ष दाहालले जनताको अपेक्षा अनुसार आगामी १० वर्ष मुलुकलाई नेतृत्व गर्ने अवसर नेपाली जनताले आफूलाईनै दिने विश्वास पनि व्यक्त गरे । आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले समृद्धिको महाअभियानलाई सफल बनाउन आगामी १० वर्ष नेतृत्व गर्न चाहेको पनि स्पष्ट पारे ।

देशभक्त गणतान्त्रिक मंचले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अझै १० वर्ष सक्रिय राजनीति गरेर मुलुकलाई समृद्ध बनाउने योजना अघि सारे ।

अध्यक्ष दाहालले मुलुक समृद्धिको महाअभियानमा अघि बढेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे । कार्यक्रममा उनले बाबा बस्नेतद्धारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ पनि बिमोचन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);