ध्रुवीकरणले मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजान अध्यक्ष दाहालको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीति ध्रुवीकरणले मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजाने बताएका छन् ।

आईतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय देखिएको राजनीतिक धु्रवीकरणको प्रक्रियाले अन्तत मुलुकलाई सम्वृद्धि तर्फ उन्मुख बनाउने बताएका हुन् । उनले वामपन्थी, कम्युनिष्ट र प्रगतिशिल शक्तिहरुको एउटै कम्युनिष्ट पार्टी बनाई त्यसको नेतृत्व लिदै जनताको आकांक्षा अनुसार विकास निर्माणका काम अघि बढाई मुलुकलाई आर्थिक रुपमा नै सम्वृद्ध राष्ट बनाउने तर्फ आफुहरु उन्मुख भएको उल्लेख गरे ।

अध्यक्ष दाहालले धेरै पार्टी हुनु भन्दा केही निश्चित पार्टी भएर जादा मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै विकास अनुकुल वातावरण बन्छ भन्ने संविधानले नै आकलन गरेकाले आफुहरु धु्रबीकरण र एकिकरणमा सामेल भएको बताए ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडामा नेकपा मालेकी सांसद कलसा देवी महरा सहित प्रदेश नम्बर सातका मालेका कार्यकर्तालाई पार्टी प्रवेश गराउदै अध्यक्ष दाहालले अहिलेको परिर्वतनको प्रमुख वाहाक नै माओवादी केन्द्र भएकाले धु्रवीकरण र एकिकरणमा समाहित हुन सबैलाई आव्हान गरे । महरा कन्चनपुरबाट समानुपातिक तर्फबाट सांसद बनेका थिए ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);