'मुलुकलाई समृद्ध बनाउन सुशासन र आर्थिक विकास' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘मुलुकलाई समृद्ध बनाउन सुशासन र आर्थिक विकास’

prachanda-dahal

काठमाडौं २८ भदौ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न सुशासन र तीव्र आर्थिक विकासमा जोड दिइएका छन् । बिहीबार लेखनाथ न्यौपानेद्धारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तक बिमोचन गर्दै उनले आफ्नो पार्टी र सरकारका निम्ति मुलुकलाई समृद्ध बनाउने चुनौति रहेको बताए।

उनले समाजमा विद्यमान चुनौतिलाई सामना गरेर भोलिको नेपाल निर्माण गर्ने अभियानमा जुटन पनि युवाहरुलाई आह्वान गरे । अध्यक्ष दाहालले राजनीतिमा जति सन्तुष्टि अन्य क्षेत्रमा नभएको भन्दै त्यसमा समर्पित भएर लागि पर्न पनि पार्टीका युवा नेताहरुलाई आग्रह गरे ।

अध्यक्ष दाहालले वर्तमान समयमा भएका हत्या, हिंसा, बलात्कार र कालोबजारी जस्ता गतिविधि कम्युनिष्ट सरकारको विरुद्धमा नियोजित रुपमा आएको हुनसक्ने आशंका व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);