अपहरणमा परेको ५ घण्टापछी नौ महिनाकी बालिकाकाे सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

अपहरणमा परेको ५ घण्टापछी नौ महिनाकी बालिकाकाे सकुशल उद्धार

कञ्चनपुर, २८ भदौ । कञ्चनपुर प्रहरीले नौ महिनाकी बालिका अपहरणमा परेको ५ घण्टापछी सकुशल उद्धार गरेको छ । बालिकालाई प्रहरीले जनजागरण सामुदायिक वनको धानवारीमा फालिएको अवस्थामा बिहीवार फेला पारेको हो ।

पुनर्वास नगरपालिका–५ बेलु बिष्ट तिजमा माइत गएकी वेला सुतेको अवस्थामा छोरी अपहरणमा परेकी थिईन । उद्दारपछि प्रहरीले बालिकालाई आमाको जिम्मा लगाएको छ ।

वालिका अपहरणकारी परेको खबर पाउनासाथ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायत लगायतका प्रहरी अधिकारीहरु उद्धार कार्यमा खटिएका थिए ।

अहिले बालिका अपहरण गर्ने व्यक्तिको खोजी भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । वालिकालाई चिनजानकै ब्यक्तिबाट अपहरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।