१४ वर्षीया बालिकालाई विप्लव नेकपाको चंगुलबाट उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

१४ वर्षीया बालिकालाई विप्लव नेकपाको चंगुलबाट उद्धार

काठमाडौं, २९ फागुन । लडाकुमा संलग्न गराउन नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबाट अपहरणमा परेकी १४ वर्षीया बालिकालाई प्रहरीले उद्धार गरेको छ ।

बिहीबार उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबाँसमा रहेको चन्द समूहको आश्रयस्थलमा प्रहरीले अपरेसन गरेर १४ बर्षीया गरिमा मोक्तानलाई सकुशल उद्दार गरेको प्रदेश २ प्रहरीले जनाएको छ ।

मोक्तानलाई चन्द समूहका लडाकुहरूले बुधबार धनुषाको गणेशनाथ नगरपालिका–५ स्थित गौरीखोलाबाट अपहरण गरेका थिए ।

अपरेशनका क्रममा प्रहरीले १४ जना चन्दका कार्यकर्तालाई समेत पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जसमा ८ जना पुरुष र ६ जना महिला रहेका छन्।

प्रहरीले उनीहरुबाट ठूलो परिमाणमा हतियार समेत बरामद गरेको जनाएको छ । मोक्तान अपहरणमा परेको सूचना पाएपछि प्रदेश २ बाट प्रहरी परिचालन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);