घरेलु मदिरा सेवनबाट ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

घरेलु मदिरा सेवनबाट ५ जनाको मृत्यु

gharelu madira

धनुषा,  ३० फागुन । धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट ५ जनाको मृत्यु भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयामा घरेलु मदिरा सेवन गर्ने ५ जनाको मृत्यु भएको हो ।

मदिरा सेवनका कारण मृत्युहुनेमा स्थानीय गुदरी महरा, ब्रम्हदेव यादव, रामनरायण महरा र रामविलास महराको मृत्यु भएको जनाइएको छ । मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन । त्यसैगरी मदिरा सेवन गरेका अन्य २ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

मदिरा सेवन गरेका रमदैयाका शत्रुधन मण्डल र रामइश्वर महराको अवस्था चिन्ताजनक रहेको र दुबै जनाको जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । दुवै जनालाई भेन्टिलेटरमा राखिएकोे अस्पतालले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);