विषाक्त रक्सीले ४ जनाको ज्यान गयो ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

विषाक्त रक्सीले ४ जनाको ज्यान गयो !

death

काठमाडौं, १४ असार । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गर्दा चारजनाको मृत्यु भएको छ ।

कमला नगरपालिका वडा नं ५ का ४० वर्षिय रामनाथ पासवान, ५० वर्षिय रामचन्द्र पासवान, सिंग्याही मडानका ४५ का साबिर अन्सारी र ३६ वर्षिय मणि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

जामुन पासवानको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ । बैदेशिक रोजगारमा जानु अघि स्थानीय युवाले हिजो गाउँमा भोज खुवाएका थिए । सो भोजमा घरेलु मदिराको प्रयोग गरेको पाईएको प्रहरीको भनाई छ । मदिरा सेवन गरेपछि रातिदेखि नै सिकिस्त बनेका उनीहरुको आज अपरान्ह मृत्यु भएको आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);