विश्वस्त मेसी | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

विश्वस्त मेसी

messi

काठमाडौं, १४ असार । निकै राहत महसुस गरिरहेका लियोनल मेसीले मंगलबार नाइजेरियासँग त्यो स्थिति भोग्नुपर्ने आस नगरेको बताएका छन् । तर आफू र टिमका साथीहरू विश्वकपको महत्त्वपूर्ण खेल जितेर अन्तिम १६ मा पुग्नेमा सधैं विश्वस्त रहेका थिए ।

समूह ‘डी’ बाट क्रोएसियाभन्दा मुनि उपविजेता बनेर नकआउट चरण पुग्नेक्रममा दक्षिण अमेरिकी टोलीले नाइजेरियामाथि २–१ को सनसनीपूर्ण जित हात पार्दा बार्सिलोनाका फरवार्ड मेसीले उत्कृष्ट गोल गर्दै यसपालिको विश्वकपमा खाता खोलेका थिए ।

‘हामीलाई थाहा थियो खेल हामीले नै जित्छौं भनेर । भगवानले हामीलाई नै सहयोग गर्छन् भन्नेमा हामी विश्वस्त थियौं, भयो पनि त्यस्तै । तर बराबरी पछि हुने कठिन परिस्थितिबारे अपेक्षा थिएन,’ मेसीले अर्जेन्टिनी सञ्चारमाध्यमसँग भने । भिक्टोर मोसेसको पेनाल्टी गोलमा अफ्रिकन टोलीले ५१ औं मिनेटमा खेल बराबरीमा ल्याएपछि आफ्नो टोली ‘नर्भस’ देखिएको मेसीले सुनाए ।

‘त्यो समयमा हामीले निकै तीव्रसाथ खेलमा आधिपत्य जमाएका थियौं । त्यही कारण हामीले आक्रामण गर्दै दबाब राख्दा गोल गर्न सफल भयौं,’ मेसीले पत्रकार सम्मेलनमा भने । खेलको निर्णायक क्षण त्यो बेला आयो, जब रक्षक मार्कोस रोहोले ८६ औं मिनेटमा निर्णायक गोल गरे ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।