भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

madira

काठमाडौं, ७ जेठ । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी बिरामी परेका छन् ।

विभिन्न रासायनीक पदार्थ मिलाएर बनाइएको स्थानीय मदिरा सेवन गरेकाहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्रीवितरण गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । कानपुरका अधिकांश मदिरा पसलमा विषाक्त मदिरा बेचेको पाइएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कानपुर जिल्ला प्रशासनले मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ । भारतका विभिन्न जिल्लामा विषाक्त मदिरा सेवनका कारण वर्षेनी सयौंको ज्यान जाने गरको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);