विषाक्त मदिरा सेवनका कारण भारतमा ९२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

विषाक्त मदिरा सेवनका कारण भारतमा ९२ जनाको मृत्यु

एजेन्सी, २६ माघ । विषाक्त मदिरा सेवनका कारण भारतमा ९२ जनाको मृत्यु भएको छ । अन्य धेरैजना बिरामी परेको बताइएको छ । भारतको उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा मर्नेहरुको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना भएको हो । शुक्रबारदेखि नै मदिरा सेवनबाट मानिसहरु बिरामी पर्न थालेको अधिकारीहरुले बताएका छन् । उत्तर प्रदेश सरकारका अनुसार उत्तराखण्डमा तेह्र दिने संस्कारमा सामेल हुन गएका सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको छ ।

उनीहरु सबैले त्यही मदिरा खाएको बताइएको छ । सहारनपुरका अधिकारीका अनुसार संस्कारमा सामेल भएर फर्केपछि उनीहरु अचानक विरामी भएका थिए । यस घटनामा प्रशासनको लापर्वाही भएको भन्दै भारत सरकारले नागल थाना सहित दश प्रहरी र तीन प्रहरी निरक्षकलाई निलम्बन गरिसकेको छ ।

सहरानपुर र कुशीनगरमा मर्नेहरुको संख्या बढीरहे पनि मदिरा तस्करहरुलाई पत्ता लगाउन सकिएको छैन । मदिरा तस्करहरुलाई नपक्रेसम्म अवस्था झनै भयावह हुने अधिकारीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);