रामेछापको उमाकुण्ड गाउँपालिमा स्थानीय र प्रहरीबिच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रामेछापको उमाकुण्ड गाउँपालिमा स्थानीय र प्रहरीबिच झडप

रामेछाप, २९ फागुन । रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा लिखु १ जलबिद्युत आयोजना प्रभाबित क्षेत्रका स्थानीय र प्रहरीबिच झडप भएको छ ।

सम्झौता अनुसार जलबिद्युत आयोजनाले माग पुरा नगरेको भन्दै बिरोधमा उत्रिएका स्थानीय र प्रहरीबिच बिहिबार झडप भएको हो । झडपमा २ प्रहरी सहित १४ जना आन्दोलनकारी घाईते भएका छन् ।

आफ्नो शान्तीपुर्ण आन्दोलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको आन्दोलनकारीको भनाई छ । रामेछाप प्रहरी प्रवक्ता टेकन्द्र पौडेलले भने आयोजनाका संरचना तोडफोडमा संलग्नलाई गिरफ्तार गर्न खोज्दा स्थानीयले प्रहरी माथि नै आक्रमण गर्न खोजे पछि सामान्य झडप भएको बताउनुभयो ।

झडपका क्रममा घाईते भएका प्रहरीको नाम खुलाईएको छैन । आयोजना पुग्ने प्रवेश मार्ग निर्माण भएको जग्गाको मुआब्जा पाउनु पर्ने, स्थानीयलाई रोजगारी ब्यवस्था गर्नु पर्ने लगायतका माग राख्दै त्यहाँका स्थानीय लामो समयदेखी आन्दोलीत छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);