पश्चिम सेती आयोजना निर्माणको काम अलपत्र अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पश्चिम सेती आयोजना निर्माणको काम अलपत्र अवस्थामा

pachim seti

डडेल्धुरा, २९ फागुन । सरकारले औपचारिक रूपमा बहुउद्देशीय पश्चिम सेती आयोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा सबैदलको प्रमुख नारा भएपनि पश्चिम सेती निर्माणको काम अझै अघि बढ्न सकेको छैन । परियोजना निमार्णको चर्चा सुरु भएको तिन दशक बितिसक्दा पनि निर्माणको काम भने अगाडि बड्न नसक्दा यो क्षेत्र अन्धकार छ ।

तीन दशक पहिलादेखि चर्चामा रहेको पश्चिम सेती परियोजना निमार्ण गर्न केही कम्पनीले स्थलगत प्रतिवेदनसमेत तयार पारेका थिए । तर पश्चिम सेती परियोजनाको निमार्णसंगै त्यसक्षेत्रका स्थानीयले देखेको बिकासकोे सपनामा अहिले तुसारापात हुदै गएको छ ।

स्थानीयले पश्चिम सेती परियोजना बन्ने आशा मारिसकेका छन् । डडेल्धुराको बेलापुर र बैतडीमा न उक्त परियोजना लागू भयो न त पश्चिम सेती किनार छेउका ग्रामीण बस्तीमा विकास नै हुन सक्यो । डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ र ५, बैतडीको सिगास गाउँपालिका, डोटीका आदर्श गाउँपालिका र बझाङका केही गाउँमा विकास हुन नसकेको स्थानीयको गुनासो छ ।

परियोजना सञ्चालनका लागि केन्द्र सरकारबाट बजेट छुट्याउन आग्रह गरिएको र परियोजना लागू गर्न स्थानीय स्तरबाटै पहल गरिएको गाँउपालिकाको भनाई छ ।

एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र चीनको थ्री गर्जेज इन्टरनेसनल कम्पनीले ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना संयुक्त लगानीमा बनाउने सम्झौता गरेपछि यस क्षेत्रका जनतामा आशा जागेको थियो । तर सम्झौता भएका १ बर्षमाा पनी काम सुरु भएको छैन ।

करिब एक खर्ब ६० अर्ब रुपियाँ लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने विश्वास गरिएको छ । तर नारामा नै सिमित परियोेजनाले स्थानीयको सास्ती झनै बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);