नागरिक समाज कञ्चनपुरले शान्तीपूर्ण आन्दोलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नागरिक समाज कञ्चनपुरले शान्तीपूर्ण आन्दोलन गर्ने

nirmala

काठमाडौं, २८ भदौ । नागरिक समाज कञ्चनपुरले निर्मलाको न्यायाका लागि शान्तीपूर्ण आन्दोलन गर्ने भएको छ । आज कञ्चनपुर उद्योग बाणिज्य संघको आयोजनामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितीले निर्मलाको बलात्कार पछि हत्या भएको ५० दिन बितिसक्दा पनि हत्यारा सार्वजनिक नभएको भन्दै शुक्रबार गृहमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

निर्मला हत्याकाण्डका वास्तविक दोषी सार्वजनिकको माग राख्दै विभिन्न संघ संस्थाले आन्दोलन जारी राखेका छन् । नेपाल विद्यार्थी संघ कञ्चनपुरले पनि बिहीबार महेन्द्रनगरमा बिरोध सभा गरेको थियो । शुक्रवारदेखि चरणवद्ध आन्दोलन गर्ने नेविसंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);