सेवा बहिष्कार गरेका सरकारी चिकित्सकद्वारा आन्दोलन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सेवा बहिष्कार गरेका सरकारी चिकित्सकद्वारा आन्दोलन स्थगित

doctor andolan

काठमाडौं, १६ फागुन । सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले बुधबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा वहिस्कार गर्ने घोषणा गरेपनि उक्त कार्यक्रम तीन दिनक लागि फिर्ता लिएको छ ।

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत गोदानले बुधबार देखि देशभर आकस्मिक बाहेकका सेवा अनिश्चितकालिन बहिस्कार गर्ने घोषणा गरेको थियो । तर बुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको अकल्पनीय निधन भएकोले राष्ट्रिय शोकको घडीलाई मध्यनजर गर्दै संघले तीन दिनका लागि आफ्नो आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको जनाएको छ ।

त्यस्तै सरकारलाई थप वार्ता, छलफल र सहमतिबाट नै समस्याको समाधान निकालेर आगामी आइतबार सम्ममा अप्रिय आन्दोलन रोज्न नपर्ने गरी ठोस पहल गर्न संघले अपिल समेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विज्ञप्ती जारी गर्दै सरकारी चिकित्सक संघ (गोदान) लाई विरोधका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);