सरकारी चिकित्सकद्वारा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारी चिकित्सकद्वारा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार

doctors nara

काठमाडौं, २२ चैत । सरकारी चिकित्सकहरूले आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका छन् ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान)का अनुसार शुक्रवार सरकारी चिकित्सकहरुले उपत्यकाका कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी हेरेका छैनन भने देशभर नै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेका छन् । सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् ।

गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेको छ । मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १८ गते सरकारी चिकित्सकका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीको प्रतिबद्धतापछि संघले आन्दोलन स्थगित गरेको थियो । माग पूरा नभएपछि सरकारी चिकित्सक पुनः आन्दोलनमा उत्रिएका हुन । हड्तालमा रहेपनि हावा हुरी प्रभावित बारा र पर्सा जिल्लामा भने सरकारी चिकित्सकले नियमित सेवा दिने गोदानले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);