डाक्टरको धर्ना: आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डाक्टरको धर्ना: आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार

doctors

काठमाडौं, ९ फागुन । कर्मचारी समायोजन बिधेय सच्याउन माग गर्दै आन्दोलन गरिरहेका सरकारी चिकित्सकले बिहिबार आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेका छन् ।

सरकारले आफना माग सम्बोधन नगरे पछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार बाध्य भएको चिकित्सकहरुको भनाई छ । सरकारी चिकित्सकहरुले कर्मचारी समायोजन बिधेयकले आफूहरुलाई बिभेद गरेको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरुले बिधेयकले आफूहरुको सेवा सुबिधा र बृत्ति बिकास रोकेको गुनासो गरेका छन् ।

सरकारी चिकित्सकहरुको साझा संगठन गोदानले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार पनि सरकारले माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन । सरकारी चिकित्सकहरुले बिरोध स्वरुप मंगलवार राजधानीको माईतीघर मण्डलामा सामूहिक रक्तदान र बुधबार सामुहिक बिदामा समेत बसेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);