डोटीको बोग्टान सडकको प्रधानमन्त्रीले गरे शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

डोटीको बोग्टान सडकको प्रधानमन्त्रीले गरे शिलान्यास

डोटी, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४२ सालमा नै शिलान्यास भएको डोटीको बोग्टान सडक पुनः शिलान्यास गरेका छन् । २०४४ सालका तत्कालीन जिल्लाविकास समितिका सभापति भरत बहादुर खड्काले शिलान्यास गरेको बोग्टान सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पुनःशिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओली यो सडक शिलन्यास गर्न धनगढीबाट नेपाली सेनाको हेलिकोप्टर चढेर विपीनगरमा आएका थिए । तर, ३३ बर्ष अघि नै शिलान्यास भईसकेको सडकको प्रधानमन्त्री ओलीले पुन शिलान्यास गर्दा तत्कालिन जिल्ला विकास समितिका सभापति भरत बहादुर खड्का समेत अहिले छक्क परेका छन् ।

यसरी कुनै दल बिशेष र व्यक्ति चर्चामा आउनका लागि शिलान्यास गर्नुको कुनै औचित्य नभएको स्थानीय तथा बडीकेदार गाउँपालिका–१ का अध्यक्ष डबल बोहराले बताए ।

कैलालीको सहजपुर देखि डोटीको बोग्टान सम्मको करिव ५० किलोमिटर सडक कालोपत्रे हुने जनाईएको छ । नेपालको पूर्वाधार विकासका लागि भारत सरकारले एक्जीम बैंकमार्फत पाँच सय ५० मिलियन डलर ऋण सहयोग गर्ने भनि २०७१ मंसिर ९ गते सम्झौता भएको थियो ।

सोही रकमबाट निर्माण हुने नेपालका १७ वटा सडक मध्ये डोटीको बोग्टान सडकमा दुई अर्ब रकम खर्च गर्ने सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जनाएको छ । सोहि बजेट अन्तरगत सडक कालोपत्रे हुन लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);