कालु पाण्डेको सालिक अनावरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कालु पाण्डेको सालिक अनावरण

kalu panday

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको दहचोकमा काजी कालु पाण्डेको पूर्ण कदको सालिक अनावरण गरेका छन् ।

पाण्डेको समाधिस्थल दहचोकमा बिहीबार आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सव उदघाटन गर्दै प्रधानमन्त्रीले सालिक अनावरण गरेका हुन् । प्रधानमन्त्रीले पाण्डेको समाधिस्थल नेपालीका लागि तीर्थस्थल भएको बताए ।

चन्द्रागिरि नगरपालिका-१, दहचोकमा प्रधानमन्त्रीले गत वर्ष पाँचतले भ्यु टावर शिलान्यास गरेका थिए । टावरको दुई तला निर्माण भइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

दहचोकको मनकामना मन्दिर पुनर्निर्माण भइसकेको छ भने इन्द्रदह पुनर्निर्माणको काम भइरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);