काठमाडौं गोल्डेन्सका बलर अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं गोल्डेन्सका बलर अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध

ankin dabaas

धनगढी, १० फागुन । काठमाडौं गोल्डेन्सका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेको हो । जसका कारण उनले जारी प्रतियोगितामा बलिङ गर्न पाउने छैनन् ।

काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भारतीय यी खेलाडीले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिएका छन् । यस बाहेक १५३ रन पनि बनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);