स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्ने योजनामा छ । सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई ४० रनको नतिजा सुम्पिएको थियो । जुन खेलमा नेपालले बलिङमा औषत प्रदर्शन गरे पनि ब्याटिङमा भने खराब प्रदर्शन गरेको थियो । प्रशिक्षक पुवुदु दासानायकेले आज पहिलो खेलकै प्लेईङ सेटलाई निरन्तरता दिएका छन् । आईसीसी लिग २ को तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);