काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ उहाँले ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको बताउनु भयो । उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उपचारका लागि काठमाडौंँबाट विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको बताउनु भयो । उपचारसँगै बाढी प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको उहाँको भनाइ छ । उहाँले बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन विभिन्न रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन गरिएको पनि बताउनुभयो । उहाँले रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न माध्यमबाट नागरिकलाई आवश्यक सूचना प्रवाह भइरहेको समेत बताउनु भयो ।उहाँले बाढीमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित नागरिकको साथमा सरकार रहेको समेत बताउनु भयो ।
This website uses cookies.