राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १० फागुन । श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ बहिल कमलपोखरीको डिलको बगैँचामा फुलेको फूल दिनहुँ भगवानुको पूजामा प्रयोग गरिने उल्लेख छ ।

पञ्चामृतस्नान गरिने र भगवानलाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो । कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरुले देखाउँछन् । पोखरीको निकै स्याहार खटाइन्थ्यो । १९५३ को अभिलेखमा कमलपोखरीको डिलको बारीमा हाल्न माटो र कमलको फूलमा मलका लागि केराउ हाल्ने उल्लेख छ ।

गुठीका सचिव राजेन्द्र प्रसाद प्रधान विगतमा सोही पोखरीमा फुलेको कमलको फूल टिपेर विक्रमशीत महाविहारमा भगवानलाई चढाउने गरेको बताउँछन् । अहिले पोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गरिएको छ । यो समाचार नागरिक पत्रिकामा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);