साना बच्चाको वाक्य फुट्न नसकेमा कमल विनायकको दर्शन गराएमा बाक्य फुट्ने मान्यता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साना बच्चाको वाक्य फुट्न नसकेमा कमल विनायकको दर्शन गराएमा बाक्य फुट्ने मान्यता (भिडियोसहित)

काठमाडौं, २७ माघ । हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेको पूजा गरिने हुनाले मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु गरिन्छ । धन तथा बैभवको हिसावमा मंगलबार शुभ दिन मानिने हुनाले यस दिन शुद्ध मनले भगवान श्रीगणेशको व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुनुको साथै सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

अन्य मंगलबार ब्रत नबसेपनि माघ महिनाको मंगलबार ब्रत बस्ने चलन पनि रहेको छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिने मात्र होइन ठाँउ अनुसार गणेशको महिमापनि फरक फरक रहेको पाइन्छ ।

यस्तै फरक विशेषता भएको मन्दिर हो कमल विनायक मन्दिर । यो मन्दिर भक्तपुरको वसपार्क पुगेपछि पूर्वतर्फ रहेको छ जसलाई कमल विनायक गणेश भनिन्छ । एक तल्ले शैलिमा निर्मित यो मन्दिर दक्षिण तर्फ मुखाकृत रहेको छ । करिब १००० बर्ष पूरानो मानिने उक्त मन्दिर दक्षिण तर्फ मुखाकृत रहेको छ भने मन्दिरभित्र कमल विनायकको शिला मूर्ति स्थापना गरिएको छ । दायावाया माहाँकालको मूर्तिहरु रहेका छन् । यस मन्दिरमा दैनिकजस्तो भक्तजनहरु आउने गरेतापनि विशेषगरी मंगलबार र शनिबार दर्शनार्थीहरुको भीड हुने गरेको पाइन्छ ।

मन्दिरको विशेषता भनेको कुनै बच्चाको वाक्य फुटेन भने यहाँ दर्शन गराएमा बाक्य फुट्ने मान्यता अनुरुप देशभरबाट दर्शनका लागि आउने श्री कमल विनायक मन्दिर परिसर सुधार समितिका अयक्ष्य तिर्थ मान डंगोल बनाउनु हुन्छ । मन्दिरको वरिपरि काष्टकलाले निर्मित टुढालहरु र झ्यालहरुले मन्दिरलाई अझै सुन्दर बनाएको छ । तीन गजुर रहेकोउक्त मन्दिरमा पीतलको छाना राखिएको छ । पूरानो मन्दिरलाई २०६७ सालमा पूननिर्माणगरिएको बताइएको छ । मन्दिरको पश्चिम तर्फ कमल विनायक पोखरी छ ।

यो पोखरीमा कमलको फूल फूल्ने हुनाले पोखरीको नाम कमल पोखरी रहन गएको अक्ष्यक्ष डंगोलको भनाइ छ । पोखरीको वरपरी दृष्य अत्यन्त आनन्द दायक देख्न रहेको छ । घुम्नको लागि अत्यन्त रमणिय ठाँउ रहेको छ । पोखरीको पूर्वतर्फ राजा सम्राटका बहिनी चारुमतीले यस पोखरी नजिक तीन वटा चैत्यहरु स्थापना गर्न लागाएको भन्ने मान्यता रहेको छ जुन पोखरी पूर्व तर्फ रहेको छ । अक्ष्यक्ष डंगोलका अनुसार कमल पोखरीमा हरेक वर्ष वडादशैको नवमीको दिन विशेष मेला लाग्ने गरेको बताइएको छ । विभिन्न बाजागाजाका साथ लाग्ने मेलामा पोखरीमा भक्तजनहरु नुहाउने गरेको बताइएको छ । यो परापूर्वकालदेखिनै चल्ने उक्त मेला भर्न विहान २ बजेदेखिनै स्नानको लागि देशभरबाट भक्तजन हरु आउने गरेको बताइएको छ ।

यस मन्दिरमा हरेक वर्ष भक्तपुरमा हुने विस्केट जात्राको समयमा कमल विनायक लाई खटयात्रा गराइने परम्परा रहेको छ । खटयात्राको समयमा कमल विनायकलाई खटमा राखेर टोलटोलमा परिक्रमा गराइन्छ । यसरी परिक्रममा गराउदा घरघरबाट गणेशको पूजा अर्चना गरिने परम्परा रहेको समितिका अध्यक्ष डंगोलको भनाइ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);