अग्रवालको अनुसन्धानमा जिल्ला अदालतले दियो ७ दिने म्याद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अग्रवालको अनुसन्धानमा जिल्ला अदालतले दियो ७ दिने म्याद

राजिव साह
मलंगवा, २७ माघ ।
वर्षौंदेखिको उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका संचालक राकेश अग्रवाललाई ठगी लगायत मुद्धामा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय मलंगवालाई जिल्ला अदालत सर्लाहीले पुनः सात दिनको म्याद दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले सोमबार तेस्रो पटक थप सात दिनको म्याद दिएको हो । यसअघि काठमाडौंबाट पक्राउ गरेर सर्लाही ल्याईएका अग्रवाललाई जिल्ला अदालत सर्लाहीले पहिलो पटक पाँच र दोस्रो पटक सात दिन म्याद दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले अग्रवाल विरुद्धको मुद्धामा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट सोमबार थप सात दिनको म्याद पाएको जानकारी दिनुभयो ।

उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार किसानलाई १७ करोड रुपैयाँ दिन बाँकी थियो । जसमध्ये हालसम्म १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ भुक्तानी भईसकेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । अन्नपूर्णले दक्षिणी क्षेत्र स्थित बरहथवा, बसबरिया, धनकौल, बलरा, गोडैता, विष्णु, रामनगर लगायत पालिकाका हजारौं उखु किसानको वर्षौंदेखिको भुक्तानी बाँकी राखेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);