शंकर ग्रुपका सञ्चालक अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

शंकर ग्रुपका सञ्चालक अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति

sahil agrawal

काठमाडौं, २६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । अग्रवाल मंगलवार राजधानीको नक्सालबाट पक्राउ परेका थिए ।

बुधवार उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो । अग्रवालले ५ हजार पर्ने थर्मल गन १६ हजारसम्ममा बेचेको आरोप लागेको छ । महानगरीय प्रहरी परिसरले अग्रवाललाई कालोबजारीको कसुरमा हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रशासनसँग अनुमति मागेको थियो ।

कोरोना भाइरसको प्रकोपसँगै नेपाली बजारमा अभाव रहेको ज्वरो परीक्षण गर्ने थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा ग्राहक बनेर पुगेको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

अग्रवाललाई प्रहरीले बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा उपस्थित गराएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);