सांसद आलममाथि अनुसन्धानका गर्न ८ दिन म्याद थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सांसद आलममाथि अनुसन्धानका गर्न ८ दिन म्याद थप

aalam

रौतहट, ८ कात्तिक । हत्या आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । छानबिन गर्न प्रहरीले म्याद थपका लागि शुक्रवार जिल्ला अदालत रौतहटमा पेश गरेको निवेदनमा अदालतले सहमति जनाएको हो ।

जिल्ला न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप आठ दिनको म्याद थप गरेको हो यसअघि थपिएको ५ दिनको म्याद बिहिवार सकिएपछि आलमलाई शुक्रवार अदालत लगेर म्याद थप गरिएको हो ।

शनिवारदेखि तिहार बिदा पर्ने भएकाले कात्तिक १४ गते अदालत खुलेपछि मात्रै आलमलाई अदालतमा पेश गर्ने गरी म्याद थप गरिएको हो । आलम गत असोज २५ गते रौतहटको गौरस्थित शेख इन्द्रिस गेटबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौटहटको राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेलाई ईट्टा भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा आलम पक्राउ परेका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);