१४ जनाको हत्याको आरोपमा पक्राउ परेका सांसद आलमलाई ७ दिनको म्याद थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१४ जनाको हत्याको आरोपमा पक्राउ परेका सांसद आलमलाई ७ दिनको म्याद थप

aalam

रौतहट, २८ असोज । १४ जनाको हत्याको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ ।

मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले पुर्वमन्त्री आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप गरेको हो । आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते आइतबार रौतहटस्थित उहाँ कै निवासबाट पक्राउ गरेको हो ।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् । उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उहाँलाई लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);